Comments Add Comment

एपीएफलाई पाखा लगाउँदै पुलिस सेमिफाइनलमा

२७ फागुन, बुटवल । सशष्त्र प्रहरीको एपीएफ क्लबमाथि कठिन जित निकाल्दै नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

देवीनगरमा भएको खेलमा पुदिसले अर्को विभागीय टोली एपीएफमाथि १-० को जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसका तेज तामाङले खेलको ७२ औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि निर्णयक बन्यो । तामाङ नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

पुलिसले सेमिफाइनलमा आयोजक रुपन्देही ११ को सामाना गर्ने छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत भोलि थ्रीस्टार र प|mेन्डस क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment