Comments Add Comment

गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमाले निर्णय

२८ फागुन, काठमाडौं । नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment