Comments Add Comment

सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपालमा


२८ फागुन, काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस ९ तथा एस ९ प्लसलाई सार्वजनिक गरेको छ । एस ९ तथा एस ९ प्लस मा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ ।

यसमा संशोधित गरिएको डुअल अर्पाचर लेन्स, लो लाइट क्यामेरा,सुपर स्लोमोसन भिडियो खिच्न सकिने सुविधा तथा पर्सन लाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्छ ।

एस ९ तथा एस ९ प्लसमा एककेजी, अझ बढी सुधारिएको रिफाइन्ड एज टु इन्फिनिटी निटी डिस्प्ले तथा नयाँ स्मार्ट थिंङ्स एप, सामसङको विद्यमान एलओटी सेवा सहित उपलब्ध छ ।यी फोनमा भएका यस्ता सुविधामार्फत् एक फोनमा व्यापक सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, ‘मोबाइल फोनबाट स्व-अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको छ,’ एस ९ तथा एस ९ प्लसजुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्नुहुन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ ।”

सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्ग पावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिन्छ ।

सुपर स्लो-मोको साथ कुनै पनि क्षणलाई बनाउन सकिन्छ । हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ ।


यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधा पनि रहेको छ, जसले मुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्न थाल्दछ । यसमा भएको ३५ विभिन्न अप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ ।

साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा जीआईएफफाइल सजिलै बनाई शेयर गर्न पनि सकिन्छ ।

लो-लाईट क्यामेरा

राम्रो लाईटिङबाट नै उच्चस्तरीय फोटो खिच्न सकिन्छ तर, अधिकांश स्मार्ट फोनहरुमा फिक्स अपार्चर भएको हुँदा न्यून उज्यालोमा राम्रो फोटो खिच्न सकिँदैन ।
तर एस ९ तथा एस ९ प्लस मोबाइलमा डुअल अर्पाचर भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्था मापनि स्वतः सफा फोटो खिच्न सकिन्छ ।


ए आर इमोजी
समासङमा भएको यो सुविधाबाट प्रयोग कर्ताहरुले आफूजस्तै इमोजी तयार गर्न सक्नुहुन्छ भने त्यसमा सोहीअनुसार साउन्ड अनुकरण गरी राख्नपनि सकिन्छ ।
यसमा डाटा बेस्ड लर्निङ एल्गोरिदम प्रयोग गरिएको हुन्छ, जसले प्रयोग कर्ताको टुडी तस्वीरलाई १०० भन्दा ज्यादा फेसियल फिचरहरुको मध्यमबाट थ्रीडीमोडेलमा बदल्न सकिन्छ छ । यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

बिक्सबी
सामसङको इन्टलिजेन्स प्लाटर्फम बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमा आफ्नो वरिपरि भएका विभिन्न जानकारी प्राप्तगर्न सक्छन् ।

रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथ विक्सबीले तुरुन्त ैतस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्नभाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउनफोन आफै सक्षम हुन्छ ।

मनोरञ्जनले भरिपूर्ण


मनोरञ्जनको लागि स्मार्टफोनको नै प्रयोग गरिन्छ, त्यसैले सामसङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरणहरुको निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पीकरको साथ ग्राहकले क्लियर साउन्डको अनुभव गर्न
सक्छन् । यस फिचरको साथ प्रयोग कर्ताले आफू खुशी फिल्म हेर्न तथा आफूलाई मनपर्ने कलाकारको नवीनतम एल्बम सुन्न सकिन्छ । यसमा डल्बी वातावरण विद्यमान रहेको छ, जसबाट प्रयोगकर्तालाई ३६० डिग्रीमा एउटा थिएटरको जीवन्त अनुभव प्राप्त हुनेछ ।

सामसङको ग्यालेक्सी एस ९ तथा एस ९ प्लसमा अडियोको जीवन्त अनुभव प्राप्तहुने छ । यसमा एस ८ माप्रयोग भएको अन्य सुविधाहरु पनि अत्यन्त राम्रोसँग संयोजन गरिएको छ । यसमा ब्राइट सुपर एमोलेड इन्फीनीटी डिस्प्ले छ ।

यो स्मार्टफोनमा स्मार्ट सिंग एप, प्रयोग गर्न सकिन्छ जसले गर्दा घरमा, अफिसमा वा अन्यत्र कतै जाँदा दैनिकीलाई अझ सहज बनाउन मद्दत गर्दछ । यो अन्य सामसङ वा सामसङ बाहेकका उपकरणहरुसँग जोडिन सक्छ ।

नयाँ जमानाको सामसङ डीईएक्सले गर्दा मोबाइल सेट ठूलो तथा फुल  स्क्रीन को अनुभव प्रदान गर्दछ । नयाँ डकिङ्ग सिस्टमको सुविधाले गर्दा प्रयोगकर्ताले एस ९ तथा एस ९ प्लसलाई सहजै रुपमा ठूलो  स्क्रीनमा मोबाइललाई आवद्ध गराउन सकिन्छ ।

साथै मनिटर किवर्ड र माउस, जस्ता उपकरणहरु यसमा आबद्ध गरी सहज रुपमा डकुमेन्टहरुलाई सम्पादन गर्न वा गेम खेल्न पनि सकिने छ । साथै यस फोनका प्रयोगकर्ताहरुले डीईएक्सलाई टच प्याडमा बदल्न पनि सकिन्छ ।

उच्च गुणस्तरीयता

सामसङ आईपी ६८ पानी तथा धूलो प्रतिरोधी एवं वायरलेस चार्जिङ्गको साथ स्मार्टफोनको लागि गुणस्तरीयता निर्धारण गरिएको छ ।

यस फोनमा माइक्रो एसडी कार्डको प्रयोग गरी ४०० जिबी सम्म मेमोरी बढाउन सकिन्छ । नवीनतम उच्च एप्लिकेशन प्रोसेसरको प्रयोग गरिएको र हुँदा यो फोनको कार्यक्षमता उत्कृष्ट छ ।

यसको साथ साथै फोनले प्रयोगकर्ताहरुलाई सुरक्षित एवं विश्वासनीयता पनि प्रदान गर्ने कम्पनीको दावी छ । फोनमा सामसङको नवीनतम सुरक्षा प्लेटर्फम नक्स ३.१ द्वारा सुसज्जित गरिएको छ ।

मूल्य था उपलब्धता

ग्राहकले ग्यालेक्सी एस ९ तथा एस ९ प्लस फोन किन्दा ५ हजार रुपैयाँ तुरुन्त क्याश व्याक पाउँछन् । एस ९को मूल्य ९२,९०० तथा एस ९ प्लसको १,०४,९०० तोकिएको छ । क्यास व्याक पछि ८७,९०० र ९९,९००मै किन्न सकिन्छ ।

यीदुबै सेटको प्रि-बुकिङ्ग आजदेखि धधध।क्ढउचभदययपष्लन।अom वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।

यी दुई स्मार्टफोनहरु मार्च २३, २०१८ बाट नेपालमा उपलब्ध हुने छन् । एस ९ प्लस विभिन्न ३ वटा आकर्षक रंगमा उपलब्ध हुने छ । मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू हृयु, लाइलक् पर्पल । एस ९ मिडनाइट व्ल्याकमा उपलब्ध हुने छ ।

साथै ग्राहकले प्रतिहप्ता १००० एमबिका साथ १२ हप्तासम्मकूल १२००० एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्तगर्न सक्नेछन् । शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावीगर्न सकिने व्यवस्था पनि मिलाएको छ ।


यसका अतिरित्त प्रि- बुकिङ्ग गर्ने ग्राहकहरुले ५ हजार बराबरको वायरलेस चार्जर वा ५ हजार वरावारको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सकिनेछ ।

साथै टर्किस एयर, केजिएच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यास्था पनि मिलाएको छ ।

सामसङले पि्र-बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली विजेताहरुलाई सामसङको फीट टू प्रो प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment