Comments Add Comment

६९ वर्षमा ८५ हवाई दुर्घटना, ८ सय बढीको जीवन गुम्यो


२८ फागुन, काठमाडौं । नेपालको ६९ वर्षको हवाई इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । सोमबार युएस बंगला बिमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।

त्रिभुवन विमानस्थलमा मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो । नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३ सय ५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३ सय ११ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा भएका हवाई दुर्घटनामा अहिलेसम्म झण्डै ८ सयले ज्यान गुमाएको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका हवाई सुरक्षा मामिला हेर्ने सह-सचिव सुरेश आचार्यले बताए । आन्तरिक उडानका जहाज दुर्घटनामा परी भने ३ सयभन्दा बढीको ज्यान गएको छ ।

सहसचिव आचार्यका अनुसार यसअघि टर्किस एयरलाइन्सको सन् २०१५को मार्चमा त्रिभुवन विमानस्थलमा नै दुर्घटनामा परेको थियो । तर, टर्किस एयरलाइन्सको दुर्घटनामा भने कसैको पनि ज्यान गएको थिएन । अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा सबै यात्रुको सकुसल उद्दार भएको यो पहिलो घटना थियो ।

आचार्य भन्छन् ‘टर्किस एयरलाइन्सको दुर्घटनामा सबै यात्रुको सकुसल उद्दार गरिएको थियो , सोमबारको घटना भने भयानक रह्यो, विमानस्थलको हातामै भएको ठूलो दुर्घटना यही हो । ‘

नेपालमा पहिलोपटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा विचक्राफ्टा ल्यान्ड भएको थियो । र, १९५५ को फेब्रुअरी ८ मा अन्तर्राष्ट्रिय एयरलाइन्स कालिंगा एयर पहिलोपटक सिमरामा दुर्घटनामा परेको थियो । जसमा २ जनाको ज्यान गएको थियो भने एक जनाको सकुसल उद्दार गरिएको थियो ।

नेपालमा नै दर्ता भएको जहाज भने सन् १९६१ मे ११ भैरहवामा पहिलोपटक दुर्घटनामा परेको थियो । जसमा ४ जनाको ज्यान गएको थियो ।

त्यसपछि सन् १९५६ मेमा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जसमा १४ जनाको ज्यान गएको थियो भने १९ जनाको सकुसल उद्दार भएको थियो ।

अहिलेसम्म नेपालमा भएको ठूलो अन्तर्राष्ट्रिय बिमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । १९२२ को सेप्टेम्बरमा पाकिस्तान एयरलाइन्सको भट्टेडाडामा बिमान दुर्घटनामा पर्दा १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै सन् १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज दुर्घटनामा पर्‍र्यो । जसमा विमानमा यात्रा गरिरहेका २० जनाको ज्यान गयो ।

सन् १९९२ को जुलाइमा नुवाकोटको घ्याङ्देफेदीमा थाइ एयरवेजको जहाज दुर्घटनामा पर्‍यो । जसमा बिमानमा रहेका १ सय १३ जनाकै ज्यान गयो ।

यसपछि सन् १९९९ मा लुफ्थान्साको कार्गाे बिमान ‘भष्मासुर’ दुर्घटनामा पर्‍यो । यो घटनामा ५ जनाले जीवन गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment