Comments Add Comment

यस्तो लक्षण देखिए हुनसक्छ छालाको क्यान्सर

क्यान्सर विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये छालाको क्यान्सर पनि एक हो । छालाको क्यान्सर कसरी हुन्छ त ?

मानव शरीरमा हरेक क्षण पुरानो कोशिकाको मृत्यु भएको हुन्छ र त्यसको ठाउँमा नयाँ कोशिकाले जन्म लिएको हुन्छ । यो सामान्य प्रक्रिया हो । कहिलेकाही आवश्यक नहुँदा पनि असमान्य रुपमा नयाँ कोशिकाहरु विभाजित हुन पुग्छ जसले छालाको क्यान्सर निम्त्याउँछ ।

के कारणले हुन्छ छालाको क्यान्सर ?

छालाको क्यान्सर सूर्यको किरणमा भएको परावैजनी किरण शरीरमा सीधा सम्पर्कमा आउनाले बढी लाग्ने गर्छ । जस्तै, अनुहार, ओठ, कान, घाती आदि तर कैयौ भागमा सूर्यको किरण सिधा सम्कर्पमा नआउने अथवा कम सम्पर्क आउने भागमा पनि लाग्ने गर्छ । जस्तै हात, खुट्टाको औलामा ।

परावैजनी किरणबाट बचेर स्किन क्यान्सर हुने खतराबाट केही हदसम्म बच्न सकिन्छ । शरीरको कुनै पनि भागमा आएको परिवर्तनको जाँच गर्नाले शुरुवाती लक्षणलाई पनि पहिचान गर्न सकिन्छ । र यसले सही समयमा उपचार गर्न सकिन्छ ।

छालाको क्यान्सरको प्रकार

छालाको क्यान्सर मुख्यतया ३ प्रकारका छन् ।

– बेसल सेल कार्सिनोमा । यो सबभन्दा सामान्य स्किन क्यान्सर हो, जुन छालामा भएको कोशिकाको कारण लाग्ने गर्छ ।

– स्कवैमस सेल कार्सिनामा । यो क्यान्सर पनि छालामा भएको कोशिकाको कारण लाग्ने गर्छ ।

– मेलेनोमा । छालाको रंग उत्पादन गर्ने कोशिकाबाट मेलेनोमा क्यान्सर शुरु हुन्छ । यो क्यान्सर लाग्ने सम्भावना कम हुने भए पनि यो अरु दुई क्यान्सर भन्दा निकै खतरनाक हुन्छ । मेलेनोमा क्यान्सर मुख्यतया कालो वर्णको व्यक्तिलाई लाग्ने गर्दछ ।

कसरी थाहा पाउने ?

– बेसल सेल कार्सिनोमा

बेसल सेल कार्सिनोमा क्यान्सर मुख्यतया शरीरको त्यो भागमा लाग्ने गर्छ जसमा सूर्यको किरण सिधा सम्पर्कमा आएको हुन्छ । जस्तै अनुहार र गर्दन । शरीरको कुनै पनि भागमा गाढा रंगको खतिरा जुन घाउ जस्तै देखिन्छ भने बेसल सेल कार्सिनोमा क्यान्सरको लक्षण हो ।

– स्कवैमस सेल कार्सिनामा

यो क्यान्सर पनि सूर्यको किरण सिधा सम्पर्कमा आउनाले लाग्ने क्यान्सर हो । गहुँगोरो छाला भएको व्यक्ति किरणको सम्पर्क नआएमा पनि यो क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ।

– मेलेनोमा

मेलेनामा क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरमा आउने कुनै पनि तिल स्किन क्यान्सरको कारण हुन सक्छ । मेलेनोमा विशेष गरी पुरुषको अनुहार, पेट र कम्मरमा बढी हुने सम्भावना हुन्छ भने महिलाको खुट्टामा हुने गर्दछ । मेलेनोमा जस्लाई पनि लाग्न सक्छ तर विशेष गरी कालो वर्णको छाला भएको व्यक्तिलाई लाग्ने सम्भावना बढी हुन्छ ।

मेलेनोमा को संकेत

– गाढा रंगको विन्दुमा खैरो रंगको धब्बा हुनु ।

– शरीरमा आउने तिल (कोठी) जसको आकार परिवर्तन हुने गर्दछ र त्यसबाट रगत आयो भने ।

– गाढा रंगको घाउ जुन हातमा, हातको औलामा, खुट्टाको पैतलामा, मुख र नाकमा पनि हुन सक्छ ।

डाक्टरलाई कहिले देखाउने

शरीरको कुनै पनि भागमा आएको कुनै प्रकारको परिवर्तन जुन तपाईलाई चिन्ताको विषय छ भने तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्छ । जरुरी छैन कि छालामा आएको कुनै पनि परिवर्तन स्किन क्यान्सरको हुन सक्छ तर पनि डाक्टरको सल्लाह लिदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment