Comments Add Comment

नेपालले लियो पपुवा न्यूगिनीको नवौं विकेट

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीमाथि नेपाली बलरहरुले हावी भएका छन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले नवौं विकेट गुमाएको छ र ११३ रन बनाएको छ । २६ औं ओभरको तेस्रो र चौथो बलमा दिपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

उनले समग्रमा ३ विकेट लिएका छन् ।

सन्दिप लामिछानेले ४ विकेट लिएका छन् । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment