Comments Add Comment

कपास उद्योगमा आगलागी, ३० लाखको क्षति

२ चैत्र, चितवन । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृति कपास उद्योगमा शुक्रबार विहान आगलागी भएको छ ।

विहान करिब ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ३० लाख बढिको क्षति भएको उद्योग सञ्चालकले बताएका छन् । आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

आगलागीबाट उद्योगमा रहेको कच्चा पर्दाथ, २ वटा मेसिन, तयारी सामानहरु लगायत भवनको पछिल्लो भाग पूर्ण रुपमा क्षति भएका छन् ।

आगलागी नियन्त्रणमा लिन दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment