+
+

नवलपरासीमा दुर्घटनामा परी एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ४ गते १४:०७

४ चैत्र, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका-८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

बा२ख ३९२२ नम्बरको माइक्रो र बिपरीत दिशाबाट आएको लु३४प ७०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी मोटरसाइकल चालक २० वर्षीय रामबहादुर आले र नवलपरासीको गैडाकोट-१० निवासी ३० वर्षीया वसन्ती थापा गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये मोटरसाइकल चालक आलेको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

घाइते थापाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?