Comments Add Comment

सूचना दिन स्थानीय तहलाई निर्देशन

५ चैत, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले संघीय सविधानअनुसार स्थानीय सरकारलाई सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नागरिकलाई सूचनाको हक प्रत्याभुति गराउन निर्देशन दिएको हो ।

पत्रकार तारानाथ दाहालले स्थानीय निकायबाट सूचना पाउन नसकेको भन्दै आयोगमा गरेको पुरावेदनमा आयोगले ७ सय ५३ वटै स्थानीय निकायलाई सूचना उपलब्ध गराउन निर्देशन दिएको प्रवक्ता यशोदा तिम्सिनाले जानकारी दिइन् ।

दाहालले मागेको सूचना सूचनाको हक सम्बन्धी ऐन २०६४को दफा ३ को उपदफा ३ ले प्रवाह गरिने छैन भन्ने व्यवस्थाभित्र पर्ने नदेखिएको भन्दै आयोगले स्थानीय निकायका सूचना अधिकारी र कार्यालय प्रमुखका नाममा ७ दिनभित्र पुनरावेदकलाई सूचना दिनू भन्ने आदेश जारी गरेको छ ।

परिर्वतित राज्य संचालनको व्यवस्थामा सिमित साधन स्रोतले परिस्थिति असहज भएपनि आयोगको प्रादेशिक संरचना नभएकाले केन्द्रबाट नै सूचना दिनु भनि आदेश सहितको पत्राचार गरिएको प्रवक्ता तिम्सिनाले बताइन् ।

सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकायले २० प्रकारका सूचनालाई तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment