Comments Add Comment

बलिउडमा ऐश्वर्यको २ दशक, घटेन स्टारडम


नायिका ऐश्वर्या राय बलिउड चलचित्र उद्योगमा आएको दुई दशक पुरा भयो । ‘मिस वल्र्ड’ भएपछि उनको बलिउड ढोका खुलेको थियो । त्यसो त ऐश्वर्याको सुन्दरता पहिला जस्तो थियो, त्यसमा अहिले थप निखार आएको भन्नेहरु थुप्रै छन् । अभिषेक बच्चनसँग बिहे गरेर छोरी पाइसक्दा पनि उनको स्टारडम घटेको छैन ।

एक अन्तरवार्ताको क्रममा ऐश्वर्याले भनेकी छिन्-‘मिस वल्र्ड बन्नुअघि नै मलाई धर्मेश दर्शनले ‘राजा हिन्दुस्तानी’मा अफर गरेका थिए ।’ त्यसो त उनलाई यस चोपडाले ‘मैने तो मोहब्बत कर ली’ मा पनि प्रस्ताव गरेका थिए । जुन चलचित्रको नाम पछि ‘दिल तो पागल हे’ भएर आयो ।

जुन वर्ष ऐश्वर्या ‘मिस वल्र्ड’ भइन्, सोही वर्ष मणिरत्नम र राजीव मेनन् उनको सम्पर्कमा आए । ऐश्वर्या मणिरत्नमबाट प्रभावित थिइन् । त्यसैले उनले ‘इरुवर’ मा काम गरिन् ।

ऐश्वर्याले आमा बनेपछि पनि ‘जज्बा, सरबजीत र ऐ दिल ह मुश्किल’मा काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment