Comments Add Comment

बालक अपहरणपछि हत्या गर्ने ३ जनालाई ३१ वर्ष कैद

५ चैत, महोत्तरी । बालक अपहरणपछि हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले ३ जनालाई ३१ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले भटौलिया–१ का शुखडा भन्ने साविर अंसारी, २ का सुधीरकुमार साह र ३ का गोला भन्ने अनिशकुमार साहलाई जन्मकैदसहित अपहरणका लागि थप ११ वर्ष कैद सजायँ सुनाएको हो ।

ज्यान मारेको अभियोगमा जन्मकैद अर्थात २० वर्ष कैद सजाय र अपहरणका लागि थप ११ वर्ष गरी उनीहरु तीनै जनालाई जनही ३१ वर्ष कैद सनाइएको अदालतले जनाएको छ ।

भटौलिया–२ का ८ वर्षीय जेनिस महासेठलाई तीनजना अभियुक्तले घरैबाट फकाइ अपहरण गरी ०७२ साल पुस २६ गते साँझ हत्या गरेका थिए। अभियुक्तहरुको बयानको आधारमा महासेठको शव एकडारा गाउपालिकास्थित गहुँ खेतमा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीका अनुसार हत्या अभियोगमा २० वर्ष जन्मकैद र अपहरण गरेको कसुरमा थप ११ गरी ३१ वर्ष कैद साजायको फैसला भएको  जानकारी दिए ।

अधिकारीका अनुसार सोही इजलासले तीनैजनामाथि जनही ५० हजार रुपैयाँ जरिवानाको फैसलासमेत सुनाएको छ । तीनैजना प्रतिवादी पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment