Comments Add Comment

रुपाका कर्मचारीलार्इ अनिवार्य पोशाक, नलगाए कारवाही हुने


६ चैत, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कार्यरत कर्मचारीहरुको लागि पोशाक (ड्रेस) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाका सबै वडा कार्यालय, शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशुसेवालगायतका कर्मचारीलाई पोशाक अनिवार्य गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले कर्मचारीले पोशाक नलगाउँदा सेवाग्राही र कर्मचारीलाई छुट्टयाउन कठिन भएकाले सुशासन ऐनअन्तर्गत त्यस्तो व्यवस्था गर्न लागिएको बताए ।

उनले ड्रेस र परिचयपत्र नलगाउने कर्मचारीलाई कारबाही गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment