Comments Add Comment

पोखराको नगरसभामा संसदको झल्को, कांग्रेसको नाराबाजी

मेयरद्वारा छिनमै सभा सुरु छिनमै स्थगित

५ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नगरसभा बैठकमा संसदको झल्को देखिएको छ । स्थानीय सरकारको संसद मानिने नगरसभामा कांग्रेसका जनप्रतिनिधिले नाराबाजी गरे भने मेयरलाई सभा चलाउन हम्मेहम्मे परेको छ ।

नगरसभामा ६ नीति तथा ऐनमाथि दफावार छलफल गर्ने कार्यसूची थियो ।

तर, मेयर मानबहादुर जिसीले सभा सञ्चालन गर्न नपाउँदै कांग्रेसबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष रामराज जोशीले विशेष समय मागे ।

मेयर जिसी एकछिन अलमलिए । महानगरका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलसँगको कानेखुसीपछि मेयरले रामराजलाई ५ मिनेट बोल्ने समय दिए । रामराजले ओभरसियर, इन्जिनियर लगायत प्राविधिक र अनमी राख्दा एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए ।

मेयर जिसीले प्राविधिक राख्ने काममा अनियमिता नभइ नियमसंगत भएको भन्दै सभा सुरु गर्न आग्रह गरे ।

तर, कांग्रेसका जनप्रतिनिधिले सभामा उठेर विरोध गर्दै सभा चल्न नदिने चेतावनीमात्रै दिएनन्, चर्को नारा लगाए । मेयरले पटकपटक नगर सभाको कार्यसूचीभित्र नभएको विषय नल्याउन आग्रह गरे ।

कांग्रेसका प्रतिनिधिले आफूहरु कार्यपालिकामा अल्पमतमा रहेकाले सुनुवाइ नहुने भन्दै त्यसको जवाफ तत्काल दिनुपर्ने माग राखेर विरोध गरिरहे ।

पहिलो पटक यस्तो घटनाको फेस गरेका मेयर अलमलिए । उनले १५ मिनेटका लागि सभा स्थगित गरेर दुई दलका नेताबीच सहमति गरेर आउन आग्रह गरे । एमाले र कांग्रेसका मात्रै जनप्रतिनिधि रहेका महानगरमा कांग्रेसले कुनै सहमति नहुने भन्दै परीक्षा नै खारेज गर्नुपर्ने माग राखिरहृयो ।

१५ मिनेपछि कांग्रेसका प्रतिनिधिले फेरि चर्को नाराबाजी गर्न थाले । मेयर मानबहादुर जिसीले फेरि आघा घन्टाका लागि बैठक स्थगित गरे ।

यसरी सुरु गर्न नपाउँदै नाराबाजी भएपछि झन्डै ३ घन्टा नगरसभा स्थगित भयो । छानबिन गर्न समिति बनाउने सहमतिपछि बल्ल नगरसभा सुरु भयो ।

प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलको संयोजकत्वमा दुबै दलका दुई जना विज्ञ पठाएर छानबिन गर्ने सहमतिपछि कांग्रेसले नगरसभा चल्न दियो ।

महानगरपालिकाले लिखित परीक्षा लिएर बुधबारका लागि तय गरेको मौखिम परीक्षासमेत विरोधपछि पछाडि धकेलेको छ । ‘प्राविधिक परीक्षा नियमसंगत नै थियो’ मेयर जिसीले भने, ‘कांग्रेसका साथीहरुलो विरोध गरेपछि मौखिम परीक्षा छानबिनपछि मात्रै हुने भएको छ ।’

महानगरले केही दिनअघि १९ जना अनमी करारमा राखेको थियो भने अहिले ४० भन्दा बढी प्राविधिकका लागि लिखित परीक्षा सकेर मौखिक परीक्षा गर्दै थियो ।

मेयर मानबहादुर जिसीले केन्द्रीय संसदको सिको नगर्न आग्रह गर्दै आफैं पटकपटक बैठक स्थगित गर्नुलाई एमालेका जनप्रतिनिधि नै दंग परेका थिए । ‘संसदमा पनि नहुने कुरा पोखराको नगर सभामा भयो,’ वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले भने, ‘कार्यसूचीमै नभएको विषयलाई बैठकको सुरुमै विशेष समय दिनु गलत थियो ।’

२० वर्षभन्दा बढी समयदेखि महानगरपालिकामा काम गर्दै आएका कर्मचारीले पनि मंगलबारको दृश्य पहिलो पटक देखेको बताए । नगरसभाको सदस्यमा महानगरका ३३ वडामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसहित १ सय ६७ जना निर्वाचित प्रतिनिधि छन् ।

ऐन तथा नीतिमाथि दफावार छलफल

फागुन २८ गतेदेखि सुरु भएको नगर सभा तथा विधायन सभामा महानगरपालिकाले १८ वटा कानुन पेश गरीले दफावार छलफल भइरहेको छ ।

२८ गते १८ कानुन पेश भएर संशोधन सुझाव तथा छलफल गर्न मंगलबारका लागि समय तय भएको थियो । १८ कानुनमध्ये ५ नीति तथा ऐनमाथि मंगलबार दफावार छलफल भएको छ ।

मंगलबार महानगरीय कृषि ऐन, महानगरीय कृषि बजार प्रवर्द्धन ऐन, महानगरीय सहकारी ऐन, कृषि, पशु नीतिमाथि जनप्रतिनिधिले सुझाव पेश गरेका थिए । ‘महानगरपालिकाले बनाउनुपर्ने १२० कानुनमध्ये १८ कानुन तयार पार्दैछौं । त्यसैअनुरुप मंगलबार ५ ऐन तथा नीतिमाथि दफावार छलफल भयो’ मेयर जिसीले भने, ‘बुधबार फेरि केही नीति तथा ऐनमाथि छलफल हुँदैछ ।’

बुधबार उपमेयरसँग महिला कार्यक्रम, भवन मापदण्ड निर्देशिका कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐनमाथि दफावार छलफल हुने मेयर जिसीले जानकारी दिए ।

योसँगै शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधान समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, नगरपालिकाबाट गर्ने बजार अनुगमन निर्देशिकामाथि क्रमश छलफल हुँदै जानेछ ।

मंगलबारको छलफलमा झन्डै ४० जना सदस्यले सुझाव तथा आˆना भनाइ राखेका थिए । अधिकांश सदस्यले महानगरलाई व्यवस्थित र महानगरको हैसियत तथा लागु गर्न सक्ने बनाउनका ५ नीति तथा ऐनमाथि दफावार आफ्नो सुझाव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment