Comments Add Comment

कोही भन्छन् मन्त्रमा शक्ति छ, कोही अन्धविश्वास !

स्वास्थ्यसँग मन्त्रको सम्बन्ध

अमन्त्रं अक्षरं नास्ति नास्ति मूलमनौषधम् ।

अयोग्य पुरुष नास्ति योजकस्तत्र दुर्लभ ।।

भनिन्छ, मन्त्रविनाको कुनै पनि अक्षर छैनन् । पूर्वीय सभ्यतामा मन्त्रको महत्व कति छ भन्ने बुझ्न यही भनाइ पर्याप्त हुनसक्छ । उचित तरिकाले प्रयोग गर्न जाने हरेक अक्षर मन्त्र हुन्छन् तर के हामी सबै यो कुरासँग सहमत हुन सकौंला त ? कतिपयले मन्त्रलाई अन्धविश्वाससँग जोड्ने गरेका छन् भने कतिपयले मन्त्रशक्तिमाथि विश्वास राखे पनि उनीहरू यसको वैज्ञानिक पक्षसँग अनविज्ञ छन् । हामीमध्ये कमैले मात्र स्वास्थ्य र मन्त्रको वैज्ञानिक सम्बन्ध बुझ्ने प्रयास गरेका छौं । जब कि स्वास्थ्य र मन्त्रको वैज्ञानिक सम्बन्धसँग परिचित हुन सके पहिलेभन्दा राम्रो जीवन बिताउन सकिने कुरा निर्विवाद छ ।

ध्वनि नै शक्ति

-मन्त्र खासमा ध्वनि हुने गर्छ, विज्ञानको भनाइमा ध्वनि ऊर्जाको अलावा अरू केही होइन । यसको तात्पर्य हेर्दा मन्त्रको सीधा अर्थ हो -ऊर्जा । मन्त्र जप गर्नुको अर्थ शक्तिका विभिन्न स्तरलाई महसुस गर्नु हो ।

-एउटै ध्वनिले अलग-अलग स्थानमा फरक-फरक परिणाम दिन्छ । विज्ञानको भनाइमा मानव शरीर ऊर्जाको एक सघन रूप हो । जब कुनै खास मन्त्रलाई खास उद्देश्यका साथ जप गरिन्छ तब शरीरको शक्ति प्रस्ट एवं पूर्ण रूपले महसुस गर्न सकिन्छ ।

विज्ञान र मन्त्र

-मन्त्रले कसरी मानव जीवन एवं स्वास्थ्य प्रभावित गर्छ भन्ने कुराको वर्णन हजारौं वर्षअघि लिखित  वेदमा बताइएको छ । यो कुराको खोज विभिन्न वैज्ञानिक आधारमा गरिएको छ जसअनुसार मन्त्र तथा विज्ञानमा गहिरो सम्बन्ध पुष्टि भएको छ ।

-मन्त्रहरूको एक निश्चित तरंग हुन्छ । नियमित मन्त्रजप गर्दा मानव शरीरको स्नायु प्रणालीमा एक तरहको लयात्मक दबाब पैदा हुन्छ जसबाट शरीरका चक्र जागृत भई शरीर एवं मस्तिष्कमा ऊर्जा पैदा हुन्छ ।

-मन्त्रोच्चारणबाट जुन तरंग पैदा हुन्छ त्यसको सकारात्मक असर हाम्रो शरीर एवं मनमा पर्छ । साथै मन्त्रलाई लगातार जप्दा जिभ्रो र तालुबीच जुन सम्पर्क हुन्छ, ॐ को उच्चारण समयमा जुन ध्वनि नाभीदेखि आउँछ, ती सबैको असर शरीरका विभिन्न दबाब विन्दुमा पर्छन् जसबाट स्वस्थ एवं ऊर्जावान् महसुस गर्न सकिन्छ ।

-विज्ञानसँग मन्त्रको सम्बन्ध खोजी गर्ने क्रममा केही वर्षअघि नासाले ब्रह्माण्डमा सूर्यको ध्वनि रेकर्ड गरेर कम्प्रेस गर्‍यो ताकि त्यसलाई सुन्न सकियोस् । त्यसलाई सुन्दा के प्रस्ट भयो भने उक्त ध्वनि हजारौं वर्षअघि वेदमा वणिर्त गरिएको थियो र त्यो हो- ॐ । जसलाई लगातार सुन्दा विशेष प्रकारको कम्पन महसुस हुन्छ । नासाले गरेको यो कार्यबाट मनत्रहरूले हाम्रो मनमस्तिष्कमा पार्ने गहिरो प्रभाव पुष्टि भएको छ ।

-ओहायो युनिभर्सिटीले गरेको एक अनुसन्धानबाट के पुष्टि भएको छ भने ध्यान वा डिप मेडिटेसन गर्दा मानिसको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यति मात्र नभै जसले नियमित ध्यान गर्छन् उनीहरूमा स्तन क्यान्सरको खतरा कम हुनुका साथै मांसपेशीको दुखाइसमेत ठीक हुन्छ ।

-विभिन्न अनुसन्धानहरूबाट के पाइयो भने रोगीहरूमा मन्त्रको प्रयोगले अत्यन्त सकारात्मक परिणाम देखा पर्छ । अनुसन्धानअनुसार निश्चित ध्वनि तरंगले हाम्रो मस्तिष्कलाई एक विशेष प्रकारको आरामदायक स्थितिमा पुर्‍याइदिन्छ जसलाई वैज्ञानिक भाषामा अल्फा स्टेट भनिन्छ ।

-ध्वनिमा अपार शक्ति छ । ध्वनिका कारण ठूल्ठूला भवन, पुल, अन्य मानवनिर्मित संरचना मात्र नभई मानिसको स्नायु प्रणालीसमेत प्रभावित हुनसक्छ । जसरी दीपक रागको उचित प्रयोबाट बत्ती बाल्न तथा मल्हार रागको प्रयोग गरेर पानी पार्न सकिन्छ ।

– वैज्ञानिक उपलब्धिका कारण हामीले के थाहा पाएका छौं भने विशेष तरंगहरू मानव कानले सुन्न सक्दैन तथापि सोनोग्राफी एवं अल्ट्रासाउन्डमार्फत विभिन्न प्रकारका रोगको सफल उपचार गर्न सकिन्छ । केही प्रयोगबाट के देखिएको छ भने विशेष ध्वनि सुनाउँदा कुखुराले सबै प्वाँख खसाल्यो भने रुखबिरुवा एवं बालीनाली सुके ।

-शब्दको शक्ति अथाह छ । उत्साहवर्द्धक शब्द सैनिकहरूलाई सुनाउँदा हारिसकेको युद्धसमेत जित्न सकिन्छ भने अपशब्दका कारण अभिन्न मित्रतामा समेत फाटो आउनसक्छ ।

मन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन

-सामान्यतः मानिसहरूमा के भ्रम छ भने मन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रस्ट भैसकेको छ भने मन्त्रको सम्बन्ध विज्ञानसँग छ । तसर्थ हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्यलाभ गर्नसक्छन् ।

-मन्त्रको अर्थ हेर्दा के स्पष्ट हुन्छ भने मन को अर्थ मस्तिष्क हो र त्र को अर्थ तरंग या कम्पन हो । मन्त्रोच्चारण गर्दा त्यसबाट हुने कम्पनले हाम्रो मस्तिष्कलाई प्रभावित तुल्याउनुका साथै उक्त समयको श्वासप्रश्वासको लयले शरीरका विभिन्न ग्रन्थिहरूमा समेत प्रभाव पार्छ, जसको सीधा असर स्वास्थ्यमा पर्छ ।

-मन्त्र जपको समयमा मानव शरीर ध्यानको अवस्थामा पुग्छ र मस्तिष्क अल्फा स्टेटमा पुग्छ । फलतः स्नायु प्रणाली सन्तुलित हुने भएकाले भएर तनावरहित बन्न सकिन्छ ।

-मन्त्रको नियमित जपबाट रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ किनभने यसको प्रभाव हाम्रो मस्तिष्क तथा स्नायु प्रणालीमा पर्छ जसबाट शरीरका हार्मोनहरू प्रभावित हुन्छन् । मन्त्रको सकारात्मक प्रभावका कारण सेराटोनिन एवं डोपामाइनजस्ता ह्याप्पी हार्मोनहरू निस्कन्छन् र मस्तिष्क आनन्दको अवस्थामा पुग्छ । यति मात्र नभई हाम्रा मुड, भोक तथा निद्रासम्म जोडिएका मस्तिष्क केन्द्रहरू प्रभावित हुन्छन् र हार्मोनका तह सन्तुलित बन्नपुग्छन् जसबाट हाम्रो रोगप्रतिरोधात्मक क्षमता सबल हुन्छ ।

ध्यान गर्दा हुने फाइदा

-हार्वड मेडिकल स्कुलले गरेको अनुसन्धान अनुसार जो मानिस नियमित ध्यान गर्छन उनीहरूको ‘डिजिज फाइटिङ जिन्स’ अर्थात् रोग प्रतिरोधी जिन्स बढी सक्रिय हुन्छ ।

-ध्यान गर्दाको अवस्थामा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।

-शोधकर्ताहरूका अनुसार ध्यानबाट पूर्ण लाभ प्राप्त गर्न ॐ को उच्चारण पनि गर्नुपर्छ ।

ॐ जप गर्नुको फाइदा

-शरीरबाट टक्सिन्स निस्कन्छन् ।

-स्वरयन्त्र तथा घाँटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

– ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।

– ॐ को नियमित जप गर्दा तौल नियन्त्रित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment