+
+

देउवालाई गच्छदारको प्रश्न : मलाई उपसभापति कहिले दिने ?

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ चैत ७ गते १७:२९

७ चैत, काभ्रे । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराउँदा उपसभापति दिने भद्र सहमति भएको दाबी गर्दै गच्छदारले पार्टी एकताको ५ महिनासम्म जिम्मेवारी नदिनु दुखत भएको बताए बनेमा भएको कार्यक्रममा गच्छदारलेले भने, ‘जिम्मेवारी वाँडफाँटको विषयमा कुनै कदम नचाल्नु दुः खद् हो ।’

उनले केन्द्रदेखि जिल्ला हुँदै नगरसम्म फोरम लोकतान्त्रिकका नेता कार्यकर्तालाई चित्त बुझ्ने गरी जिम्मेवारी कहिले दिने भन्ने प्रश्न गरे । गच्छदारले भने, ‘मलाई जिम्मेवारी दिनुस्, पार्टी काचुली फेरिनेछ ।’

चुनावको मुखमा गच्छदारले आफ्नो नेतृत्वको फोरम लोकतान्त्रिलाई कांग्रेसमा बिलय गराएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् ।

तर, गच्छदारले भने अब उपसभापति पनि दाबी गरेका छन् ।

कांग्रेस नेता गच्छदारले माओवादी अध्यक्ष प्रचण्डिलाई ‘देख्दा दाह्रा किटेर मुठ्ठी कसेर एमाले भन्ने पार्टी सिध्याउन अब वाम लोकतान्त्रिक एकता गरौं’ भनेर प्रस्ताव राखेको याद आउने गरेको सुनाए । उनले अघि भने, त्यसको केही दिनमै एमालेसँग एकता गर्ने समाचार पढ्न पाइयो ।’

उनले सरकारलाई सय दिन मनाउन दिने भन्दै त्यसपछि गुण र दोषका आधारमा आलोचना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?