Comments Add Comment

दृष्टिविहीनको कथामा भण्डारीले ल्याए ‘मनको आँखा’

७ चैत, काठमाडौ । २० जना दृष्टिविहीन व्यक्तिहरुको सघर्षशील जीवनकथामा आधारित पुस्तक ‘मनको आँखा’ पुस्तक सार्वजनिक भएको छ ।

इस्पाइनल कर्ड इञ्जुरी पुनर्स्थापना केन्द्र साँगाका मेडिकल डाइरेक्टर डा. राजु ढकालले मंगलबार एक कार्यक्रमका बीच पुस्तक विमोचन गरे ।

ढकालले यस्तो महत्वपूर्ण पुस्तकको विमोचन गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । पुुस्तकको समीक्षा गर्दै डा. देवी नेपालले यो पुस्तक नेपाली समाजको मानसिक रुपान्तरणको कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

मानसिक भ्रमको जञ्जिरमा फसेका आजका युवा जमातलाई यो पुस्तकले मार्गदर्शन गर्ने उनको भनाइ थियो ।

यस पुस्तककी एक पात्र सृष्टी केसीले मानिसले मानिसलाई इज्जत र सम्मान दिए मात्र मानसिक रुपान्तर सम्भव हुने र आफू यस्तै अभियानमा लागेको बताइन् ।

यस पुस्तकका लेखक कृष्णप्रसाद भण्डारीले शारीरिक अपाङ्गता आफैमा सफलताको वाधक नहुने तर मानसिक अपाङ्गताले समाजलाई विकृत बनाउने धारणा राखे ।

अरुलाई शोषण गरेर समाजमा प्रवुद्ध ठान्ने ब्यक्तिभन्दा अपाङ्गताको जीवन प्यारो लागेको उनको भनाइ थियो ।

नेपाली विषयमा एमए र बीए साथै काउन्सिलिङ मनोविज्ञानमा पोष्टग्राजुयट गरेका भण्डारी आफै हि्वलचियर प्रयोगकर्ता हुन् । यसअघि उनले ‘बालबालिकालाई कसरी असल बनाउने ?’ र ‘हि्वलचियरको जिन्दगी’ नामक पुस्तक प्रकाशित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment