Comments Add Comment

मुकेश अम्बानीको एक हजार करोडमा आमिरले ‘महाभारत’ बनाउने

मुम्बई । बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ पछि ‘महाभारत’ बनाउने भएका छन् । यस फिल्ममा रिलायन्स इन्डष्ट्रीजका मालिक मुकेश अम्बानीले हजार करोड रुपैंया लगानी गर्ने छन् ।

अम्बानीले आमिरका प्रोजेक्टका सह–निर्माताका रुपमा लगानी गर्न लागेका हुन् । यसअघि उनले इरोज इन्टरनेसुनल र एकता कपुरको बालाजी फिल्म्सु प्रोडक्सनमा पनि पैसा लगानी गरेका थिए ।

आमिर खानले महाभारतको पाँच श्रृङ्खला बनाउने छन् । हलिउड फिल्म ‘लर्ड अफ रिंग्स’ र ‘गेम अफ थ्रोन्स’ कै स्टाइलमा आमिर अघि बढ्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । यी फिल्म निर्माणका लागि आमिरलाई १० देखि १५ वर्ष लाग्ने भएको छ ।

यस महत्वकांक्षी प्रोजेक्टमा आमिरले धेरै निर्देशकलाई काम दिने छन् । पहिलो फिल्मको निर्देशन अद्धैत चन्दनले गर्ने भएका छन् भने एउटा फिल्मको आमिर स्वयंले निर्देशन गर्ने छन् । आमिरले महाभारत श्रृङ्खलामा कृष्णको भुमिका निर्वाह गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment