११ चैत, काठमाडौं । अफगानिस्तानका लेग स्पिनर रसिद खानले एक दिवसीय क्रिकेकटमा सबैभन्दा छिटो १०० विकेट लिने बलरको कीर्तिमान बनाएका छन् ।
उनले ४४ वटा खेलबाट १०० विकेट लिएर अष्ट्रेलियाका माइकल स्टार्कको कीर्तिमान भंग गरेका हुन् ।
एक दिवसीय क्रिकेटमा दोस्रो वरियताका बलर रसिदले आफ्नो १०० औं विकेट वेष्ट इन्डिज विरुद्धको खेलमा बनाएका हुन् । आइतबार जिम्बाब्बेको राजधानी हरारेमा भएको विश्वकप क्रिकेट छनोट खेलमा आफ्नो तेस्रो ओभरको अन्तिम बलमा रसिदले १०० विकेट पुर्याएका हुन् ।
अफगानी टिम एसोसिएटबाट फुल मेम्बर स्टाटसमा १९ वर्षीय रसिदको पनि ठूलो योगदान रहेको छ । उनले २६ औं खेलबाट एक दिवसीय क्रिकेटमा आफ्नो ५० विकेट पुर्याएका थिए ।
अघिल्लो हप्ता अफगानिस्तानले सन् २०१९ मा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
प्रतिक्रिया 4