Comments Add Comment

‘मैले एक बर्षका लागि हस्तमैथुन छाडेको थिएँ’

म पछिल्लो १३ महिनायता हस्तमैथुन नगरी बसिरहेको छु । यसबाट अलग रहनु त्यती सहज थिएन । सत्य भनौ, यसअघि मेरो जिन्दगी यति उत्कृष्ट कहिल्यै थिएन ।

एक अद्भुत अनुभव, हस्तमैथुन छाडेपछि मलाई के कस्ता लाभ मिल्यो ?

२० देखि ३० बर्षको उमेरमा पहिले पहिलो हप्ताका लागि, फेरि केही महिनाका लागि हस्तमैथुनलाई किनारा लगाइदिए । र, यसमा म एक्लो छैन । विश्वभरका लाखौ (केटा मात्र होइन) नोफाप आन्दोलनमा भाग लिइरहेका छन् ।

के हो नोफाप आन्दोलन ?

नो-फेप एक अनलाइन समुदायबीच छेडिएको आन्दोलन हो, जसले अश्लिल सामाग्री नहेर्न र हस्तमैथुन नगर्न प्रेरित गर्छ ।

जब म केवल १९ बर्षको थिएँ, तब मैले सोच्न सुरु गरें कि पोर्न हेर्दा मलाई के असर होला । आफ्ना पिंढी जस्तै, मैले पनि इच्छा अनुसार पोर्न हेर्दै हुर्किएँ । मलाई याद छ कि, जब म १४ बर्षको थिएँ, तब इन्टरनेटमा भित्री बस्त्र खोज्दै आपत्तिजनक तस्वीरसम्म पुगें ।

आफ्नो किशोरावस्थाको अन्तिम चरणमा हालत यस्तो भइसकेको थियो कि, जतिबेला पनि म कोठामा एक्लो हुन्थें । र, मौका मिल्नसाथ पोर्न फिल्म हेर्न थाल्थें ।

पछि मलाई चिन्ता हुन थाल्यो कि, म पोर्न फिल्मको लतमा फस्दैछु । म हिनताबोधले ग्रस्त हुँदै गएँ । मलाई ग्लानी हुन थाल्यो । हार खाइसकेका व्यक्ति जस्तै महसुष गर्न थालें । म युवतीसँग साक्षतकार गर्ने हिम्मत गर्न सक्दिनथें । इन्टरनेटमा अश्लिल सामाग्री हेरेर हस्तमैथुन गर्न वाध्य थिएँ ।

१९ बर्षको उमेरसम्म म कुमार र एक्लो थिएँ । त्यसबेलासम्म मेरो सम्बन्ध गम्भीर भएको थिएन । र, मलाई यौनको बारेमा केहिपनि थाहा थिएन ।

आँखा अगाडि युवतीको नग्न तस्वीर तैरन्थे

जब कुनै युवतीको प्रसंग आउथ्यो, अघिल्लो रात देखेको युवतीको नग्न तस्विर मेरो आँखामा नाच्न थाल्थ्यो । कुनैपनि सग्लो युवतीलाई म मनमनै नग्न बनाइरहेको हुन्थें । यदि उक्त युवतीले मेरो यो मनोदसा थाहा पाउँदो हो त उनले मलाई राम्रो दृष्टिले हेर्ने थिएन ।

म कति रात एक्लो जागा बस्थें । सोच्थें, पोर्नले मेरो जिन्दगीमा के असर गर्‍यो ?

आफ्ना साथीसँग मैले मनको गाँठो फुकाइन । नितान्त व्यक्तिगत कुरा गर्ने चलन थिएन, साथीसँग ।

जब म २० औं जन्मदिन मनाइरहेको थिएँ, त्यसबेला म मनमनै एउटा निष्कर्षमा पुगिसकेको थिएँ, अबदेखि हस्तमैथुन गर्ने छैन ।

यो निकै जटिल निर्णय थियो ।

मेरी आमा आध्यात्मिक पुस्तक पढ्नुहुन्थ्यो, म लुकाएर उनको पुस्तक पढ्थें । म ध्यान गर्न थालें । यसले यौन क्रियाकलापमा संयम हुन सिकायो । आत्माविश्वास बढाइदियो ।

कुन्डलिनी जागरणसँग हस्तमैथुनको सम्बन्ध

यो एक प्राचिन धारणा कुन्डलिनीसँग जोडिएको छ । म आफ्नी आमासँग यी सबै प्रश्न राख्नुअघि निकै लजाएको थिएँ ।

तर, म अब थप जान्न चाहन्थें ।

सुरुवातमा मलाई लाग्यो कि, अब पुरा जिन्दगीमै हस्तमैथुन गर्न छाड्ने फैसलाले म सुरुमा निरास पनि थिएँ । तर, त्यसपछि  मैले आफ्नो लागि असल लक्ष्य बनाउन सुरु गरें ।

नोफाप आन्दोलनले ९० दिनसम्म हस्तमैथुन नगर्न वाकलत गर्छ । मैले यसको बारेमा पहिलो पटक एक टेड टकमा सुनेको थिएँ, जसले पोर्नले दिमागमा पर्ने असरबारे थियो । यसमा पोर्नको लत र लागुऔषधको लत एकै किसिमको हो भन्ने तर्क थियो । यसका साथै पोर्न सामाग्रीको आशक्तिले पुरुष यौनाङ्गमा समेत असर पर्ने बताइएको थियो ।

म जुन हिसाबले आफुलाई परिवर्तन गर्ने कोसिसमा थिएँ, ठिक त्यसैगरी इन्टरनेटमा युवाहरुको अभियान छेडिएको रहेछ । उनीहरुसँग जोडिन पाउँदा म उत्साहित थिएँ ।

सुमधुर पारिवारिक सम्बन्ध

मलाई सधै यस्तो लागिरह्यो कि, मैले यो काम गरेर ठिक गरें वा बेठिक ?

किनभने हस्तमैथुन गर्ने वा पोर्नको लातमा परेकाहरुले पनि आफ्नो पारिवारिक सम्बन्ध सुमधुर राखेकै छन् । तर मलाई तब आश्चर्य भयो कि, दुनियामा म जस्तै हस्तमैथुन र पोर्नको प्रभावबाट नकारात्मक असर झेल्नेहरु पनि बग्रेल्ती छन् ।

नोफाप मुभमेन्ट बर्ष २०११ को सुरुमा भएको थियो, जब एक रेडिट युजर एलेक्जेन्डर रोड्सने हस्तमैथुन नगर्दाको फाइदासँग सम्बन्धित एक पोस्ट शेयर गरेका थिए । त्यो भाइरल भएको थियो ।

आज त्यस पोस्टसँग तीन लाख युवा जोडिएका छन् । एलेक्जेन्डरले यस्ता व्यक्तिहरुका लागि एक वेबसाइट पनि बनाएका छन्, जहाँ यस्ता व्यक्तिहरुको अनुभव समेटिएको छ ।

कुनै रिलेसनसिपमा छैन

मेरो लागि यो अभियान आत्माविश्वास, शान्त दिमाग र प्रेरित गर्ने खालको छ ।

यस्तो अवस्थामा म कुनैपनि युवतीसँग कुराकानी गर्नमा आत्माविश्वासी छु, किनभने मैले आफुलाई काबुमा राखिसकेको छु । मैले बितेको १० बर्षदेखि हस्तमैथुन र पोर्न सामाग्री हेर्नबाट मुक्त राखेको छु । पहिलो हप्ता केही समस्या हुनसक्छ ।

म कुनै टिभी वा युट्युबमा आकर्षक महिला देख्नसाथ आकषिर्त हुन्थें । कहिले कहि कुनै युवतीले मलाई रिजेक्ट गरिदिन्थे, तब म आफैलाई खुसी राख्नका लागि हस्तमैथुन गर्थे ।

तर, जब मैले यो सिलसिला टुंग्याएँ, केहि दिनका लागि त नरमाइलो लाग्यो ।

यस पटक मैले ठूलो प्रोजेक्ट सम्पन्न गरेपछि हस्तमैथुन गरें । म कुनै रिलेसनसिपमा छैन । मेरा साथी बाहिर थिएँ । म एक्लो थिएँ । त्यो कमजोरीको घडी थियो ।

यति लामो समयसम्म हस्तमैथुन नगर्दा मलाई आफ्नो काममा केन्दि्रत हुन सहयोग पुग्यो । अहिले म आफ्नो कोठामा कम्प्युटरमा घण्टौसम्म काम गर्न सक्छु । तर हस्तमैथुनले मेरो ध्यान भंग गर्दैन । त्यसतर्फ मेरो ध्यान नै जाँदैन ।

अब फेरी म एक पटक हस्तमैथुन नगर्ने अभियानमा संलग्न हुँदैछु ।

के भन्छन् डाक्टर ?

तर, चिकित्सकले भने हस्तमैथुनको सन्दर्भमा फरक तर्क गरेका छन्

एक चर्चित यौनविज्ञ डाक्टर भन्छन्, ‘मैले करिब ५० हजार रोगी देखिसकेको छु । र, हस्तमैथुनको सम्बन्धमा मेरो केही भ्रम बाँकी छैन । हस्तमैथुनको प्रक्रिया सेक्सकै जस्तो छ । दुबैमा एकै काम हुन्छ । यस्तोमा यो एकदमै नाजायज कुरा हो कि, यसले शरीरलाई कुनै हानी गर्छ ।’

जबकी हस्तमैथुनको सम्बन्धमा भनिन्छ, धेरै हस्तमैथुन गर्दा शारीरिक रुपले केहि समस्या हुनसक्छ ।

डाक्टरको तर्क छ, ‘धेरै बोल्दैमा तपाईको आवाजको शक्ति नष्ट हुँदैन । निजी अंगको हकमा पनि यही कुरा लागु हुन्छ ।’

हस्तमैथुनको सन्दर्भमा यो पनि भनिन्छ, कि हस्तमैथुन गर्नु हुँदैन

तर, डाक्टर भन्छन्, ‘हस्तमैथुन गर्दा यौनाङ्गलाई हानी हुने होइन । जसरी हामी केहि महिनासम्म एकै ठाउँ बसेपछि केहि दुरी छिचोल्दा खुट्टा दुख्न सक्छ । त्यसैगरी यौनाङ्गलाई पनि प्रयोगहिन बनाउँदा बरु त्यसको नकारात्मक असर पर्न सक्छ ।’

उनले के कुरामा पनि जोड दिएका छन् भने, आर्युवेद वा कामशास्त्रमा पनि लेखिएको छैन कि हस्तमैथुन खराब हो ।

(यो लेख बिबिसी हिन्दी अनलाइनबाट साभार गरिएको हो । लेख वयस्कको लागि जानकारीमुलक छ । लेखमा अनुभव साझेदार गर्ने व्यक्तिको परिचय गोप्य राखिएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment