Comments Add Comment

प्रदेश १ का मुख्य न्यायाधीवक्ता आर्चायले लिए शपथ

१२ चैत, विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्तामा नियुक्त भएका चुडामणि आर्चायले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलले प्रदेश प्रमुखको कार्यालयमा न्यायाधिवक्ता आर्चायलाई मुख्य न्यायाधिवक्ताको पद तथा गोपनियाताको सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले दुई साता अघि आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीस सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो ।

आचार्य ०७४ सालमा बरिष्ठ अधिवक्ता भएका थिए । ०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापन गरेका उनी २०४६ सालमा अधिवक्ता भएका हुन् ।

उनी०५७ सालमा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment