+
+

विशेषज्ञ चिकित्सकको अध्ययन शुल्क ८ लाख घटाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते २०:२३

काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले विशेषज्ञ चिकित्सकको अध्ययन शुल्क झण्डै ८ लाख घटाउन सिफारिस गरेको छ ।

आईओएम फ्याकल्टी बोर्डको बैठकले सरकारको शुल्क निर्धारण समितिले तय गरेको शुल्कलाई आधारमा मानेर यो सिफारिस गरेको हो । हाल विशेषज्ञ चिकित्सकहरुको अध्ययन शुल्क आईओएमको हकमा २४ लाख र बाहिरको हकमा ३१ लाख रुपैयाँ छ ।

तर, फ्याकल्टी बोर्डको बैठकले गरेको सिफारिसअनुसार त्रि.वि कार्यकारी परिषद्ले निर्णय गरे करिब २३ लाख रुपैयाँ झर्ने छ । ‘हामीले सिफारिस गरेका छौं, कार्यान्वयन गर्ने नगर्ने त्रिवि कार्यकारी परिषद्मा निहित छ’ फ्याकल्टी बोर्डका एक सदस्यले भने ।

त्रिवि कार्यकारी परिषद्को वैठकले अघिल्लो शैक्षिक सत्रमा विशेषज्ञ चिकित्सकको अध्ययन शुल्क करिब ३१ लाख तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?