+
+

यस्तो रोलर कोस्टर, जहाँ चिच्याउँदा तपाइँको मोबाइल चार्ज हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १०:५६


फन पार्कमा रोल कोस्टरमा घुम्दा मज्जा आउँछ । कतिपय भने नराम्रोसँग तर्सिएर चिच्याउँछन् पनि । यो दुनियाँमा एउटा यस्तो रोलर कोस्टर छ जहाँ तपाइँ बसेर चिच्याउनुभयो भने तपाइँको मोबाइल फोन चार्ज हुन्छ ।

बेलायतको थोर्प पार्कमा रहेको द वाकिंग डेड नामक रोलर कोस्टर यस्तो अनौठो रोलर कोस्टर हो । यसमा बसेर मानिसहरु जति धेरै चिच्याउँछन् उती नै धेरै बिजुली उत्पन्न हुन्छ । उक्त रोल कोस्टरमा बसेर यात्रा गर्नुअघि सबैले आफ्नो फोन चार्ज गर्नका लागि जम्मा गर्नुपर्ने हुन्छ ।

उक्त थेम पार्क सुरु गर्ने जोन बर्टनका अनुसार अब पार्कमा आउने दर्शकहरुलाई पार्कमा घुम्दा घुम्दा आफ्नो मोबाइल फोनको ब्याट्री चार्ज सकिने चिन्ता हुनेछैन । यो रोलर कोस्टरले उक्त समस्यालाई दूर गरिदिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?