१८ चैत, धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा महेन्द्रनगर युनाइटेडले बलियो टोली विराटनगर किङ्ग्सलाई ३३ रनले हराएको छ ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर किङ्ग्स एभरेष्ट प्रिमियर लिगको च्याम्पियन समेत हो । तर, महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर अन्तिम ओभर खेल्नु अघि १३५ रनमा अलआउट भयो । उसले पघिल्लो १३ बलमा ५ रन जोडेर ५ विकेट गुमाएको थियो ।
पृथु बास्कोटाले ३५ रन बनाए भने बाबर हायतले ३२, अनिलकुमार साहले २३ र खड्काले १६ रन बनाए ।
महेन्द्रनगरका अनिलकुमार कर्णले ३ विकेट लिए भने पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीलेे २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका पुनितले अविजित ३८ रन बनाए भने विनोद भण्डारीले ३५ रन जोडे ।
प्रतिक्रिया 4