Comments Add Comment

२०७५ सालमा कुनकुन दिन बिदा ? सरकारले सार्वजनिक गर्‍यो सूची

१८ चैत, काठमाडौं । सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ ।

वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन ल असोज ३ गते राष्ट्रिय दिवसको बिदा हुनेछ । साथै दिवसअन्तर्गत मजदुर र अन्तराष्ट्रिय महिला दिवसका दिन देशभर विदा हुनेछ ।

बुद्ध जयन्तीको दिनपनि देशभर विदा हुनेछ ।

दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ ।

काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment