+
+

कसरी चल्यो अप्रिल फूलको चलन ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते १०:४४

हरेक वर्ष अप्रिल १ गते अप्रिल फूल दिवस मनाएर मानिसहरु अरुलाई मुर्ख बनाउने प्रयत्न गर्दछन् । एक अर्कालाई मुर्ख बनाएर मजाक गर्नेहरु धेरै हुन्छन्, यस दिनमा । आखिर अप्रिल १ तारेखलाई किन मुर्ख दिवस भनिन्छ त ?

योसँग जोडिएका केही रोचक किस्सा छन् । अप्रिल फूल डेको सुरुवात फ्रान्सबाट भएको विश्वास गरिन्छ । सन् १५८२ मा पोप ग्रेगरी १३ ले हरेक युरोपेली देशहरुलाई जुलियन क्यालेन्डर छाडी ग्रेगोरियन क्यालेन्डर अनुसार चल्न आव्हान गरे ।

ग्रेगोरियन क्यालेन्डरमा नयाँ वर्ष १ अप्रिल होइन कि १ जनवरीदेखि सुरु हुन्छ । उक्त परिवर्तनपछि पनि युरोपमा धेरै मानिसहरु जुलियन क्यालेन्डर अनुसार नै नयाँ वर्ष मनाइरहेका थिए किनकि धेरैले पात्रो फेरिएको थाहा थिएन वा ग्रेगोरियन क्यालेन्डरप्रति रुचि थिएन ।

जो मानिसहरुले नयाँ पात्रो अपनाए उनीहरुले पुरानो पात्रो अनुसार १ अप्रिलमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई मुर्ख भन्न सुरु गरे । विस्तारै विस्तारै पुरानो पात्रोको त्यो नयाँ वर्ष त मानिसहरुले एक अर्कालाई बेवकुफ र मुर्ख मनाउने दिनकै रुपमा स्थापित भयो । दुनियाँका धेरै देशका मानिसहरुले यसलाई अपनाउन थाले ।

एउटा अर्को कहानी अनुसार सन् १८६० को अप्रिल १ तारेखकादिन बेलायतको लण्डनमा हजारौँ मानिसहरुको घरमा पोष्टकार्ड प्रेषित गरी सोही दिन बेलुका टावर अफ लण्डनमा सेतो रंगका गधालाई स्नान गराइने जानकारी दिइयो । गधाको दर्शनका लागि पोष्टकार्ड बोकेर आउनका लागि पनि निम्तो दिइएको थियो । तर त्यस दिन कुनै खास कारणले टावर अफ लण्डन बन्द थियो । जति मानिसहरु गधा हेर्न भन्दै आए उनीहरु मुर्ख बन्दै फर्किए । त्यसपछि नै अप्रिल १ लाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको विश्वास गर्छन् कतिपयले ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?