Comments Add Comment

गर्मीमा चिसो पानी पिउँदा बेफाइदा के ?

गर्मी बढ्दै छ । गर्मीकै कारण मानिसहरू अक्सर चिसो पेय पदार्थको सेवन गर्न रुचाउँछन् । कोला, सोडाजस्ता चिसो पेय पदार्थले शरीरलाई चिसो तथा ठन्डा राख्ने गर्दछ । चिसो पेय पदार्थले शरीरलाई केही समयको लागि चिसो त बनाउँछ तर नियमित रूपले यस्ता पेय पदार्थको सेवन गर्दा शरीरमा विभिन्न समस्या उत्पन्न हुनसक्छन् । भलै, त्यो पानी नै किन नहोस् ।

पाचन सम्बन्धी समस्या

वरफ तथा चिसो पानीको सेवनले रक्तनली साँघुरिन्छ । यसका कारण पाचन प्रक्रियामा बाधा उत्पन्न हुन्छ र पाचन प्रकि्रया सुस्त हुन्छ । पाचन प्रक्रिया सुस्त बनेपछि शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्न सक्दैन ।

पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या

जसरी पि|mजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी वरफ वा चिसो पेय पदार्थले पेटको फोहर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ । साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धी ठूलो समस्याका निम्तन सक्छन् ।

पोषक तत्वको कमी

सामान्यतया शरीरको तापमान ३७ डिग्री हुने गर्दछ । चिसो पानीको सेवन गरेपछि शरीरलाई तापक्रम नियन्त्रण गर्न थप ऊर्जाको आवश्यकता पर्दछ । शरीरले यस्ता ऊर्जा खान पचाउन तथा पोषण तत्वलाई अवशोषित गर्नका लागि प्रयोग गर्छ । परिणाम स्वरूप शरीरमा कमजोरी महसुस हुने गर्छ ।

घाँटीको खसखस

चिसो पेय पदार्थका कारण घाँटी तथा श्वासप्रश्वास नलीमा खकार -म्युकस) जम्मा हुने गर्दछ । उक्त नलीमा खकार जम्मा भएमा यसले श्वासप्रश्वास नलीलाई समेत प्रभावित पार्दछ । जसका कारण घाँटी खसखसाउने, चिलाउनेजस्ता विभिन्न समस्या उत्पन्न हुनुका साथै व्यक्तिलाई बार्‍है महिना रुघाखोकीको समस्या भइरहन्छ ।

धड्कन कम हुने

विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजाअनुसार वरफ तथा चिसो पेय पदार्थले भेगस तन्त्रिकालाई उत्तेजित पार्दछ । भेगस तन्त्रिका शरीरको महत्वपूर्ण तन्त्रिका मध्यको एक हो, जसले शरीरका अनिच्छित क्रियाकलापलाई रोक्ने गर्छ । भेगस तन्त्रिकाले मुटुको धडकन कम गर्नुका साथै चिसो पेय पदार्थले तन्त्रिकालाई उत्तेजित पार्छ, जसका कारण मुटुको धडकन कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment