१९ चैत, धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले हराएको छ । डीपएलमा काठमाडौंको दोस्रो जित हो भने रुपन्देहीको दोस्रो हार ।
काठमाडौंले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको रुपन्देही १८.४ ओभरमा १ सय २३ रन बनाउँदा अलआउट भयो । रुपन्देहीको ओपनिङमा आएका प्रदीप ऐरीले ५ चौका र ५ छक्काको मद्धतमा ४१ बलमा ५७ रन बनाए । सागर पुनले १५ बलमा १८ रन बनाए । भारतीय खेलाडी दीपक प्रसादले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्नसमेत सकेनन् ।
काठमाडौंका रसिद खानले २.४ ओभरमा मात्र ६ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै ललित राजवंशीले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए भधने साहब आलमले दुईर सन्नी पटेलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा आएको काठमाडौंका सबै ब्याट्सम्यानले सम्हालिएर प्रदर्शन गरेका थिए ।
अमित श्रेष्ठले २७ बलमा ३० रन, सुबोथ भाटीले २५ बलमा ४२ रन, ज्ञानेन्द्र मल्लले १५ बलमा २० रन, भुपेन्द्र थापाले १७ बलमा १४ रन, सन्नी पटेलले १९ बलमा ३ छक्का र ५ चौकाको मद्धतमा अविजित ४८ रन साथै नरेश बुढाएरले १८ बलमा दुई छक्का र दुई चौकाको मद्धतमा अविजित ३० रन बनाएका थिए ।
रुपन्देहीका अमर सिंह रौटेला, बिक्रम भुसाल र सुफयान मेहमुदले एक/एक विकेट लिए ।
प्रतियोगितामा काठमाडौंले लगातार दोस्रो खेल जितेको हो । रुपन्देहीले लगातार दोस्रो खेल हार्यो । यसअघि काठमाडौंले धनगढी टिम चौराहलाई हराएको थियो भने रुपन्देही सीवाईसी अत्तरीयासँग हारेको थियो ।
प्रतिक्रिया 4