Comments Add Comment

प्राबिधिकले खाएको घुसमा आफ्नो संलग्नता नरहेको वडाध्यक्षको दावी

१९ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा भूकम्प प्रतिरोधी घरको नक्सा तयार गर्दा इन्जिनियरले पैसा लिएको सन्दर्भमा आफ्नो कुनै संलग्नता नभएको वडाअध्यक्षले प्रष्ट पारेका छन् ।

वडाअध्यक्ष वुद्धिबहादुर पुलामीले सोमबार एक विज्ञप्ति निकालेर सो कार्यमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

दुई कोठे र तीन कोठे घरको नक्साको ५ सय रुपैया राजश्व तिर्नुपर्ने नगरपालिकाको कार्यविधि रहेपनि वडा कार्यालयका इन्जिनियर अनुराग वाग्लेले दुईकोठे घरको १ हजार २ सय र तीनकोठे घरको १ हजार ७ सय रुपैयाँ बढी लिएको भन्दै भूकम्प पीडितले आइतबार मन्थली नगरपालिकामा कारवाहीको माग गर्दै उजुरी गरेको समाचार आएपछि वडाअध्यक्ष पुलामीको विज्ञप्ति सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment