+
+

द कन्डम च्यालेन्जः सामाजिक सञ्जालमा डरलाग्दो ट्रेन्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १४:३१

सामाजिक सञ्जालमा बेलाबखत उदेकलाग्दा लहर चल्छन् । पछिल्लो समयको सुरु भएको एउटा लहर त स्वास्थ्यको दृष्टिले पनि निकै जोखिमपूर्ण मानिएको छ ।

‘द कन्डम च्यालेन्ज’ नाममा यो ट्रेन्ड सुरु भएको हो । यसमा युवाहरुले आफ्नो नाकबाट कन्डोम भित्र छिराएर मुखबाट निकाल्ने गर्छन् र यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन् ।

जबकि यसो गर्नु कष्टप्रद हुनाको साथै गम्भीर संक्रमणको पनि खतरा हुने विज्ञहरुले औंल्याएका छन् ।

त्यसो त यस्तो भिडियो पहिलोपटक २०१५ मा नै आएको थियो । ३ मिनेटको उक्त भिडियोमा एक युवाले एउटा नाकको प्वाल बन्द गरेर अर्को प्वालबाट कन्डोम छिराउँछन् र सासले भित्र तान्छन् । केही सेकेन्डमा त्यो कन्डम मुखबाट निस्किन्छ । यसो गर्दा उनलाई निकै कष्ट भएको प्रत्यक्ष देखिन्छ ।

पछिल्लो समय त यस्तो भिडियोको बाढी नै आएको छ । लाइक र कमेन्टको लोभमा युवाहरु यस्तो दौडमा लागेका हुन् ।

यस्तो खतरनाक ट्रेन्ड बन्द हुनुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ । अधिकांस कोन्डमहरुमा हुने लुबि्रकेन्टहरुले नाकभित्र एलर्जी वा इन्फेक्सन हुने उनीहरु बताउँछन् । दुर्घटनावस कन्डोम निल्न पुगे त्यसले अझ ठूलो खतरा निम्त्याउने उनीहरुको भनाइ छ ।

सन् २०१६ मा क्यामरुनकी एक महिलाले दुर्घटनावस कन्डोम निल्न पुग्दा एपेन्डिसाइटिस भएको थियो र सर्जरी गर्नुपरेको थियो । यसैगरी अर्की महिलाले कन्डोम निल्दा न्यूमोनियाको शिकार बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?