Comments Add Comment

गुल्मी महोत्सव थप एक दिन लम्बियो

२० चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव थप एक दिन लम्बीने भएको छ ।

गएको चैत १६ गते शुक्रवार उद्घाटन हु्ँने भनिए पनि हावाहुँरीले समयमै कार्यक्रम उद्घाटन हुन नसकेको भन्दै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले थप एक दिन थप्ने निर्णय गरेको महासचिव तारा प्रसाद भुसालले जानकारी दिए ।

चैत १६ गतेबाट सुरु भएको महोत्सव २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । थपिएको मिति अनुसार चैत २६ गते सम्म महोत्सव सञ्चालन हुनेछ ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ । गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचारप्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए । स्थानीय लोप उनमुख हुनलागे बिभिन्न नाचहरु झाँकीहरु पनि राखिएको आयोजकले जनाएको छ ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला समन्वय समिति गुल्मी, रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति, रेसुङ्गा नगरपालिका गुल्मी को सह-आयोजनामा रहेको छ । महोत्सवबाट कुल १२ करोड भन्दा वढी कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा २ सय ८० स्टल रहने भएका छन् ।

कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बीउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राखिएको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव वीरेन्द्र भुसालले जानकारी दिए ।

सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपूर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवलाई तप आर्कषक बनाउन भन्दै २ दिन हेलिकप्टर पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment