Comments Add Comment

३५ राउण्ड गोली र दुईनाले बन्दुकसहित चारजना पक्राउ

२१ चैत, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले ३५ राउन्ड गोली र दुईनाले बन्दुकसहित चार जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

बंदेल मार्नका लागि ल्याएको दुईनाले बन्दुक र ३५ राउन्ड गोलीसहित बनेपा-३ नालाबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जानाकरी दिएको छ । ‘बंदेल मार्न केही मानिस हातहतियारसहित भित्रिएको खबर पाएकापछि अप्रेसनका क्रममा ४ जना अभियुक्त पक्राउ गरेका छौं ।’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले भने ।

पक्राउ पर्नेमा बनेपा-३ नालाका सानुकान्छा गुरुङ, चन्द्रबहादुर गुरुङ, गणेश गुरुङ र प्रकाश दाहाल छन् ।

मुख्य सिकारी धुलिखेल नयाँगाउँका वीरबहादुर तामाङ र उनका सहयोगी नुवाकोटका कुवेर लामा भने फरार भएको इलाका प्रहरीले जनाएको छ ।

हातहतियार कसरी भित्रियो भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment