२१ चैत, धनगढी । बाबर हायातको अर्धशतकसँगै बिराटनगर किङ्ग्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । लगातार तेस्रो हारसँगै रुपन्देही च्यालेन्जर्सको अघिल्लो चरण कठिन बनेको छ ।
बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्र बनाउनज सक्यो । उसको सुरुवात खराब रहृयो । सागर पुन मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर १० मात्र थियो ।
प्रदिप ऐरीले एक्लै पारी सम्हाले प्रयास गरे तर, अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । उनले ५० बलमा ५४ रन बनाए । दिपक प्रसादले २२ रन बनाउँदा कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे ।
सुभम कामतले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसको सुरुवात राम्रो रहृयो । दिलिप नाथ र अनिलकुमार साहले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।
साह ३६ रनमा आउट भए । दिलिपले बाबरसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । नाथ ४३ रनमा आउट भए । थप १८ रन जोड्दा बाबर आउट भए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छक्काको मदतमा ५८ रन बनाए ।
अन्तिम बलमा आउट भए पारस खड्काले २२ रन बनाए । शौरभ खनाल १७ रजमा अविजित रहे ।
प्रतिक्रिया 4