Comments Add Comment

पुनितको अलराउण्ड प्रदर्शनले महेन्द्रनगरको जित

२२ चैत, धनगढी । बिनोद भण्डारी र पुनित विष्टले सम्हालिएर ब्याटिङ गरेपछि धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेटमा महेन्द्रनगर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ ।

महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले हराएको हो । महेन्द्रनगरको जितमा ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका पुनित विष्टकै बलिङ महत्वपूर्ण सावित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले ६ विकेट जाँदा १९ औँ ओभरको पाँचौ बलमा पूरा गरेको हो ।

महेन्द्रनगरका कप्तान बिनोद भण्डारीले ४८ बलमा ६१ रन बनाए । पुनित बिष्टले २२ बलमा ४५ रन बनाए ।

रुपन्देहीका दिपेश श्रेष्ठले तीन, सुशन भारीले दुई साथै सागर पुनले एक विके लिए ।

यसअघि पहिले ब्याटिङमा रुपन्देहीका प्रदीप ऐरीले ३२ बलमा ३९ रन, सागर पुनले १६ बलमा २८ रन, दिपक प्रसादले १७ बलमा १७ रन, कुशल मल्लले २२ बलमा १५ रन बनाएका थिए ।

महेन्द्रनगरका पुनित बिष्टले चार, भुवन कार्की, पुनित मेहरा, अभिनाश कर्ण र करण केसीले एक/एक विकेट लिएका थिए ।

प्रतियोगितामा लगातार चार खेल हारेको रुपन्देही अंक तालिकाको पुछारमा छ । तीनमा दुई खेल जितेको महेन्द्रनगर दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment