+
+

छोरीको हत्या आरोपमा बाबु पूर्पक्षका लागि जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते १५:३४

२३ चैत, महोत्तरी । आफ्नै छोरीको हत्या आरोपमा पक्राउ परेका उनका बुवा दिलीपकुमार यादवसहित अर्का एकजनालाई जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

यादवले आफ्नो छोरी १९ वर्षीय स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको आरोपमा दिलीपकुमार र शव जलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका साथी विदेह नगरपालिका गिद्धाबेला पट्टीका ४६ वर्षीय राधेश्याम यादवलाई जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

काठमाडौंस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत स्नेहालाई फागुन ८ जनकपुर ल्याइ कुटपिट गरी हत्या गरेर दिलीपले शव जलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

छोरी स्नेहा काठमाडौंमै एक युवकसँग प्रेम गरिरहको थाहा पाएपछि प्रतिष्ठा बचाउन बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौंबाट बोलाई जनकपुर उपमहानगरपालिका २ वकिलटोलस्थित डेरामा चरम यातना दिइ हत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान गर्दैजाँदा हत्या नै गरेको हो भन्ने तथ्य फेला परेपछि फरार भएका बुबा दिलीपलाई गत फागुन २६ गते पक्राउ गरी अनुसन्धान थालिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

स्नेहाको हत्यामा संलग्न अन्यहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?