Comments Add Comment

पाकिस्तानी विदेशमन्त्रीले भने : मुस्लिम भएकाले सलमानलाई सजाय

पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले भारतीय स्टार सलमान खानलाई अदालतले दिएको पाँच वर्षको जेल सजाय ‘विभेदपूर्ण’ भएको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानी जिओ टिभीलाई दिएको एउटा अन्तर्वार्तामा उनले सलमान अल्पसंख्यक समुदायको भएकाले यो सजायको भागीदार बन्नुपरेको बताए ।

सलमान एक मुस्लिम नागरिक हुन् । हिन्दूहरुको बाहुल्य रहेको देश भारतमा मुस्लिमहरुलाई अझै पनि दोस्रो दर्जाको व्यवहार गरिन्छ ।

यसबारेमा बेलाबखत मुस्लिम समुदायले आवाज उठाउने गरेको छ । अहिले कट्टर हिन्दुवादी भारतीय जनता पार्टीको सरकार भएकाले मुस्लिमहरुमाथि थिचोमिचो बढेको गुनासो आइरहेको छ ।

पाकिस्तान मुस्लिम बहुल देश भएकाले भारतमा रहेका मुस्लिमहरुप्रति पाकिस्तानीहरुको सहानुभूति रहने गरेको छ । पाकिस्तान विगतमा भारतबाटै अलग्गिएको राष्ट्र हो ।

यदि तीन वर्षसम्मको जेल सजाय दिइएको भए सलमान धरौटी तिरेर मुक्त हुन सक्थे । तर, पाँच वर्षको सजाय दिइएकाले उनले जेल बस्नै पर्ने भएको छ । यद्यपि उनले सुपि्रम कोर्टमा अपिल गरेर धरौटीमा छुट्न सक्ने सम्भावना जिवितै छ ।

यही प्रकरणमा उनले विगतमा तीन पटक गरी जम्मा १८ दिन जोधपुरको जेलमा बिताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment