Comments Add Comment

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ ।

मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सर्प्राइज भेट गरेका थिए ।

राहुल गान्धीसँग भेटवार्ता

[sam_list] ५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार विहान नयाँदिल्ली प्रस्थान गरेका थिए । उनलाई इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राखिएको छ ।

ओलीले शुत्रलबार नै भारतीय उद्योगीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आहृवान गरे ।

प्रधानमन्त्री ओलीसँग भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भेटवार्ता गरेका छन् । भेटमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment