+
+

३ करोड बजेटको फिल्म निर्देशन गर्दैं राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते १२:१६

अन्ततः नायक राजेश हमालले फिल्म निर्देशनमा होमिने तयारी गरेका छन् । अमेरिकामा बस्ने केही नेपालीहरुको समुहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्ने विषय अन्तिम चरण पुगेको छ । फिल्ममा मुख्य भूमिका उनकै रहने छ ।

करिब ३ करोडको लागतमा निर्माण हुने फिल्मको नाम भने गोप्य राखिएको छ । हमालकै आग्रहमा नाम गोप्य राखिएको हो । उनले फिल्म फ्लोरमा गएपछि मात्रै नाम खुलासा गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् । विगतमा पनि उनले निर्देशन गर्ने भनेर फिल्मको नाम सार्वजनिक भए पनि फिल्म नबनेकाले यसपाली उनी गुपचुपरुपमा काम गर्न चाहन्छन् ।

फिल्मका चारवटा गीतहरु रेकर्ड भइसकेका छन्, जसलाई रेगन क्षेत्रीले संगीत दिएका छन् ।

फिल्ममा राजेशको जोडीको रुपमा पि्रयंका कार्कीले अभिनय गर्ने सम्भावना छ । उनीसँग मौखिक सहमति भइसकेको, तर साइन गर्न बाँकी रहेको निर्माण स्रोतले जानकारी दियो । साथै नम्रता सापकोटाको पनि नाम तय भएको छ । त्यसवाहेक अमेरिकामा बस्ने केही युवा-युवतीले यसमा अभिनय गर्ने छन् ।

फिल्मको अधिकांस सुटिङ अमेरिकामा हुनेछ । राजेश हमाल दिल्ली भ्रमणबाट फर्केपछि उनीसँग औपचारिक सम्झौता हुने बताइएको छ ।  अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्की फिल्मका मुख्य निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?