
२४ चैत, धनगढी । गएराती परेको वर्षा र हावाहुरीका कारण मैदन ओसिलो भएपछि धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को शनिबारको पहिलो खेल स्थगित भएको छ ।
विहान ९ बजे तोकिएको खेल समय ११ बजे पुर्याइए पनि मौसममा सुधार नभएका कारण महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेल स्थगित गरिएको छ । खेल स्थगित भएपछि दुबै टिमले एक/एक अंक बाँडेका छन् ।
त्यस्तै शनिबार दिउँसो १ बजे तोकिएको अर्को खेल भने के हुने टुंगो छैन । साविक विजेता टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे खेल तोकिएको छ ।
टिम चौराहा धनगढीका लागि आजको प्रतियोगिता जित्नैपर्ने दवाव रहेको छ ।
प्रतिक्रिया 4