+
+

जहाँ हाकिमको जानकारी विना गर्भाधारण गर्न पाइँदैन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते १२:२४

भलै सन्तान पैदा गर्नु भनेको महिलाहरुको हकको कुरा हो । तर जापानमा चाहिँ कुनैपनि महिलाले गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनुपर्दछ, अन्यथा अपमान झेल्नुपर्दछ ।

समाचार अनुसार जापानको एक कम्पनीले आफ्नो एकजना महिला कर्मचारीलाई विना जानकारी गर्भवती भएको भन्दै प्रताडित तथा अपमानित गरेको खुलासा भएको छ । साथै कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न आदेश दिएको छ ।

कम्पनीको आदेशलाई पालना गरी पालैपालो गर्भाधारण गर्नेहो भने ती महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ । कम्पनीमा महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि आफ्नो हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनेको बताइन्छ ।

बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा पनि हाकिमलाई जानकारी ग्राउनु पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?