२४ चैत्र, धनगढी । साविक विजेता टीम चौराहा धनगढीमा सञ्चालित डीपीएल टू को प्लेअफमा प्रवेश गरेको छ । यसअघि नै ४ वटा खेलमा पराजय भई प्रतियोगिताबाट बाहिरिइसकेको रुपन्देही च्यालेञ्जर्सलाई ३ रनले हराउँदै टिम चौराहा धनगढी प्लेअफमा प्रवेश गरेको हो ।
धनगढीस्थित संघीय प्रहरीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चौराहाले वषर्ाका कारण ८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो । शुक्रबार राति भारी वर्षा भएकाले मैदान हिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो ।
सुरुआती विकेट सस्तैमा गुमाएको चौराहाका लागि पाँचौं नम्बरमा आएका सोनु तामाङले विष्फोटक पारी खेल्दै टिमलाई जिताउन सहयोग पुर्याएका थिए । उनले मात्र १४ बलमा ४ छक्का र १ चौकाको सहयोगले ३४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले १५ रनको योगदान गरे ।
बलिङमा रुपन्देहीका सुशान भारीले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए । ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो ।
रुपन्देहीका लागि सागर पुनले १६ बलमा ३३ रनको पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्ा् । रुपन्देहीका लागि दीपक प्रसादले १६ रन बनाएका थिए ।
बलिङतर्फ चौराहाका मुस्तफाले २ विकेट लिए । जितसँगै लिगचरणका पाँच खेलबाट ६ अंक जोडेर प्लेअफमा पुगेको छ । उसले ३ खेलमा जित र २ खेलमा पराजय ब्यहोरेको थियो ।
यसअघि वर्षाका कारण मैदान हिलो भएपछि महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको खेल स्थगित गरिएको थियो भने दुवै टोलीलाई १/१ अंक दिइएको थियो ।
प्रतिक्रिया 4