Comments Add Comment

११ किलो चरेशसहित एकजना पक्राउ

२५ चैत, कैलाली । मकै र कोदोको बोरामा लुकाएको अवस्थामा ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका-१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।

शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ३१२७ नम्बरको बसको पछाडि रहेको डिक्कीमा मकै र कोदोको बोराभित्र राखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट झोताले चेकजाँच गर्ने क्रममा रोकायालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment