Comments Add Comment

आईपीएलका कान्छा क्रिकेटरले डेब्यू खेलमै लिए विकेट

२५ चैत, काठमाडौं । अफगानिस्तानका १७ वर्षे बलर मुजिब उर रहमानले इण्डियन पि्रमियर लिग क्रिकेट (आईपीएल) को डेब्यू खेलमा विकेट लिएका छन् ।

किङ्ग्स इलेभेन पञ्जाबको दिल्ली डेरडेभिल्सविरुद्ध पहिलो खेल खेल्दा उनले मौका पाएका थिए । क्रिस गेललाई छाडेर पञ्जाबले उनलाई मौका दिएको थियो ।

त्यसलाई सही सावित गर्ने क्रममा तेस्रो ओभरमा आएका उनले आफ्नो तेस्रो बलमा नै विकेट लिएका हुन् ।

अफगानिस्तानको राष्ट्रिय टिमबाट डेब्यू गरेको छोटो समयमै प्रभाव जमाएका सफल उनी आईपीएलका सबैभन्दा कान्छो क्रिकेटर पनि हुन् ।

उनले टी-२० क्रिकेटको दोस्रो वरियतामा रहेका कोलिन मन्रोलाई मात्र ४ रनमा पभेलियनको बाटो देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment