Comments Add Comment

भरतपुर अस्पताल विकास समितिका अध्यक्षले दिए राजीनामा

२५, चैत, चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आइतबार राजीनामा दिएका छन् ।

अस्पतालको ५५ औं वाषिर्कोत्सव समापन समारोहमा बोल्दै भण्डारीले पदबाट राजीनामा दिएको घोषणा गरे ।

उनी तत्कालित स्वास्थ्यमन्त्री गगन थापा हुँदा नियुक्त भएका थिए । अहिले सत्तामा एमाले माओवादीको गठवन्धन रहेको र स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेकोले भण्डारीले राजीनामा दिएका हुन् ।

उनी गत वर्षको पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त भएका थिए ।

कांग्रेसको राजनीतिक पृष्ठभूमि भन्दा तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको निकट भएकोले राजभण्डारीले अध्यक्षको महत्वपूर्ण जिम्मेवारी पाएका थिए ।

पार्टीसँग सरसल्लाह नगरी भण्डारीले स्वास्थ्यमन्त्रीसँगको निकटताका आधारमा नियुक्ति पाएको भन्दै कांग्रेसभित्र नै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment