Comments Add Comment

निःसन्तान बाबु-आमाको कथामा विपिन र नम्रताको ‘प्रसाद’


चलचित्र ‘प्रसाद’को घोषणा भएको छ । निःसन्तानका कारण श्रीमान् र श्रीमतिविच आउने असमझदारी, अविश्वास तथा आफैमा उत्पन्न हुने मानसिक द्धन्द्धसँगै सामाजिक, मुल्य, मान्यताविरुद्धको कथामा यो चलचित्र बन्नेछ ।

दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, नविन मानन्धर मुख्य भूमिकामा रहनेछन् । निर्देशक राउतले पत्रकार सम्मेलनमा भने-‘नम्रता एउटा राम्रो अभिनय गर्ने कलाकार भएका कारणले पनि मैले उनलाई चौथो चलचित्रमा लिएको हुँ । हामीविच, अरु कुनै त्यस्तो सम्बन्ध छैन ।’ उनले, चलचित्रले दर्शकलाई रुवाउने वा हसाउने काम त नगर्ला तर हेरिसकेपछि एकपटक सोच्न बाध्य भने गराउने बताए ।

चलचित्रमा सुभाष थापा निर्माताको रुपमा रहेका छन् भने संचारकर्मी सुशिल पौडेलले यो चलचित्रको कथा लेखेका हुन् । पौडेलले भने-‘मैले ९ कक्षामा हुँदा नै यो कथा सोचेको थिएँ । अब, चलचित्र कस्तो बनाउने भन्ने निर्देशकको हातको कुरा भयो ।’

चलचित्रको बारेमा बोल्दै नायिका नम्रता श्रेष्ठले भनिन््-‘चलचित्रको बिषय संवेदनशिल छ । मैले सक्दो मिहिनेत गर्नेछु ।’ चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिष क्षेत्री र सुवास भुषालको संगीत रहनेछ ।

चलचित्रलाई वैशाखको अन्तिमबाट छायांकन गर्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment