Comments Add Comment

तेस्रो गुल्मी महोत्सव सकियो, ६ करोडको कारोबार


२६ चैत गुल्मी । चैत १६ गते सुरु भएको तेस्रो गुल्मी महोत्सव सोमबार सकिएको छ ।

सदरमुकाम तम्घासमा ११ दिनसम्म चलेको महोत्सवमा गुल्मीमा उत्पादित कृषिजन्य सामग्री, ढिकी, जाँतो,मान्छेबाट कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्ने, लगायत लोपउन्मुख पुराना सामग्रीहरु प्रदर्शन गरिएको थियो ।

महोत्सवमा करिव १ लाख दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

महोत्सवमा औद्योगिक उत्पादन, विभिन्न समुदायका खानाका परिकार, बिभिन्न सँस्कृति झल्किने झाँकीहरु पनि प्रर्दशन गरिएको थियो । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा जिल्लाका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभूषाको चिनारी गराउने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने कार्यक्रम पनि राखिएको मूल आयोजक समिति संयोजक एबं वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

महोत्सवमा २ सय ८० स्टल रहेका थिए । ४० वटा स्टलमा कृषिजन्य उत्पादित सामग्रीहरु तथा बिउबिजनहरु, बाँस तथा निगालो, सेरामिक्सबाट बनेका सामग्रीहरु राख्न आयोजकले निशुल्क व्यवस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment