Comments Add Comment

नगरपालिकाको गाडी नचढ्ने भंगहाका मेयरको घोषणा

२७ चैत, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिबकुमार साहले नगरपालिकाको गाडी सुविधा नलिने घोषणा गरेका छन् ।

आफूले गाडी सुविधाको प्रयोग गर्दा जनताले तिरेको करको दुरुपयोग हुने भन्दै मेयर साहले नगरपालिकाको गाडी नचढ्ने घोषणा गरेका हुन् ।

नगरपालिकालाई आर्थिक भार कम गर्न र भाडाको रकम बिकासकै काममा खर्च गर्ने उद्देश्यले अब नगरपालिकाको भाडाको गाडी नचढ्ने साहले बताएका हुन् ।

भंगहा नगरपालिकाको आˆनै गाडी नभएको अवस्थामा मेयर साहले निजी गाडी भाडामा लिएर प्रयोग गर्दै आएका थिए ।

उनले नगरपालिकाले भाडामा लिएको बा१७च १०२४ नं. को टाटा कम्पनीको सफारी गाडी प्रयोग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment