Comments Add Comment

महिलामाथि दुर्व्यवहार गर्ने र कालोमोसो दल्ने ७ जना पक्राउ

फाइल फोटो

२७ चैत, कैलाली । स्थानीय महिलालाई दुर्व्यवहार गर्न खोजेको अभियोगमा स्थानीयबासीले एक व्यक्तिलाई कालोमोसो दलेको र जुत्ताको माला लगाएको घटनामा प्रहरीले चासो देखाएको छ ।

कैलारी गाउँपालिका-१, दक्षिण मन्झराको उक्त घटना सार्वजनिक भए लगत्तै महिलामाथि दुव्र्यवहार गर्न खोज्ने कृष्णबहादुर चौधरी (टुक्की) र उनलाई कालोमोसो दल्ने अन्य ६ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

महिलामाथि दुर्व्यवहार गर्न खोज्ने चौधरीलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा भलमन्सा बुद्धिराम चौधरी, स्थानीय दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छेदुराम चौधरी रहेको प्रवक्ता बुढामगरले बताए ।

पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बताए । त्यस्तै महिलामाथि दुव्र्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी बुढामगरले जानकारी दिए ।

गत चैत २३ गते रातिको समयमा महिला एक्लै घरमा भएको बेला कृष्ण चौधरीले बलात्कारको प्रयास गरेका थिए ।

महिला कराएपछि स्थानीयले कृष्णलाई कब्जामा लिई चैत २४ गते भलमन्सा बुद्धिराम चौधरी लगायतको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागज गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment