+

काठमाडौंलाई हराउँदै टीम चौराहा डीपीएलको फाइनलमा

२०७४ चैत  २७ गते १३:१२ २०७४ चैत २७ गते १३:१२
काठमाडौंलाई हराउँदै टीम चौराहा डीपीएलको फाइनलमा

२७ चैत, धनगढी । रोमाञ्चक खेलमा काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै धनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा पुगेको छ ।

मंगलबार भएको क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य टीम चौराहाले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरको खेल बाँकी रहँदा टीम चौराहालाई ४ बलमा १० रन आवश्यक थियो । उसँग ३ विकेट बाँकी थियो । अन्तिम ओभरको २ बल बाँकी हुँदासम्म टीम चौराहाले २ विकेट गुमाइसकेको थियो भने जम्मा ४ रन मात्र जोडेको थियो । पाँचौ बलमा सम्सद शेखले छक्का प्रहार गरेपछि टीम चौराहा विजयी भयो ।

टीम चौराहाको जितका लागि रोहन मुस्ताफाले ३३ र शंकर रानाले २८ रन, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । बलिङतर्फ काठमाडौं गोल्डेन्सका सहाब आलम, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए भने ललित राजवंशी र सुवोध भाटीले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि  कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ रन जोडे ।

बलिङतर्फ टीम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले २/ २ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले समान १ विकेट लिए ।

समूह चरणमा एक खेलमा पनि पराजित नभएको काठमाडौंसँग फाइनल प्रवेशका लागि अझै एउटा अवसर छ । उसले फाइनल पुग्न महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

डीपीएल नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय