+
+

चट्याङ्ग लागेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १६:०४

२८ चैत, डोटी । डोटीको जोरायल गाउँपालिका-२ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।

खेम भण्डारीको घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?