२८ चैत, काठमाडाैं । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा रहनेछन् ।
०५२ सालबाट कानुनी क्षेत्रमा काम गरेका मानन्धर माअोवादी निकट हुन् ।
मुख्य न्यायाधिवक्ता मानन्धरले बुधबार नै बुधबार नै सपथ लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4